धरान : सङ्खुवासभाको मादीमा भएको बस दुर्घटनामा परि ज्यान गुमाउनेको सङ्ख्या १५ पुगेको छ ।

घटनास्थलबाट सेनाको हेलिकोप्टरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका लागि ल्याइएका १ जना मध्ये मादी नगरपालिका-५ की ३० वर्षीय यूका पोखरेलको मृत्यु भएको प्रतिष्ठान प्रहरीले जनाएको छ ।  

बाँकी ५ जना मादी ५ बस्ने वर्ष ३० को सुभाष गोले  (टिकट बुकिङ गर्ने), मादी ६ बस्ने वर्ष २२ कि तुलसा कटुवाल, मादी ६ बस्ने उमेर नखुलेकी अम्बिका बिक, वर्ष ५० को डम्बर बहादुर कार्कीको प्रतिष्ठानमा उपचार भइरहेको छ । 

मादीबाट झापाको दमक आउँदै गरेको यात्रुवाहक बस आज बिहान साढे ७ बजे मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । बस तीव्र गतिमा भएको कारण दुर्घटना भएको बताइएको छ । 

Durghatana-SthalHelicoptar