धरान: वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेस धरान १६ मा सङ्गठन विस्तार र सुदृढीकरण अभियान सुरु गरेको छ। काँग्रेसको १६ नं. वडा कार्यसमितिले टोल र बस्तीहरूमा सङ्गठन विस्तारको अभियानलाई तीव्रता दिएको हो ।
वडा कार्यसमितिले हालसम्म ७ वटा टोल समितिहरू गठन गरिसकेको छ ।  पछिल्लो समय प्रतीक्षा मार्गमा सरोज श्रेष्ठको सभापतित्वमा २९ सदस्यीय टोल समिति गठन गरेको छ । समितिमा उपसभापति मइमान राई, सचिव किर्तन राई, कोषाध्यक्ष सुनिता श्रेष्ठ, सदस्यहरू जितु चोङवाङ, प्रमिला श्रेष्ठ, मदन राई, सत्यहाङ राई, शान्ता राई, सरोज श्रेष्ठ, सुजा तिम्सिना लिम्बु, अनिता श्रेष्ठ, साहिल श्रेष्ठ, सम्झना श्रेष्ठ, खड्गबहादुर राई, ममता कुलुङ, रेखा खालिङ, राजेन्द्र देवान, पूजा सुब्बा, युवराज श्रेष्ठ, बुद्धकुमारी राई, अमृता लिम्बु, दिलमाया लिम्बु, विमला राई, शोभित खतिवडा, जयबहादुर मादेन, सिता राई र दुर्गा गुरुङ रहेको छ। 
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका सुनसरी क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङले सङ्गठन विस्तार र सुदृढीकरण हाम्रो पहिलो प्राथमिकता रहेको बताए । उनले विगतमा सङ्गठन कमजोर हुँदा स्थानीय तह, प्रदेश र सङ्घको निर्वाचनमा काँग्रेस पछि परेकाले सुदृढ सङ्गठन निर्माणका लागि अभियान नै सञ्चालन गरी विशेष जोड दिइएको उनले बताए ।
कार्यक्रममा प्रदेशसभा निर्वाचन क्षेत्र १(१) र १(२) का सभापतिद्धय अनिल श्रेष्ठ र मुरारी भट्टराई, प्रदेश सम्मेलन सदस्य गोविन्द बस्नेत, धरान नगर सचिव हिमाल श्रेष्ठ, वडा उपसभापति मानबहादुर कालिकोटे, टोल सभापति सरोज श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । 
वडा सभापति किरण आचार्यको अध्यक्षतामा र सचिव उमेश जिमीको सञ्चालनमा सम्पन्न कार्यक्रममा क्षेत्रीय सदस्य लोकमणि शर्मा, प्रदेशसभा निर्वाचन क्षेत्र १(२) सदस्य मिना श्रेष्ठ, नगर सभापति श्याम पोखरेल, नगर सचिव जितेन्द्र राई, नगर सहसचिव शिला बज्राचार्य, नेपाल महिला सङ्घ नगर सभापति सुशीला श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
dharan-16-congress-bhaoyan-