धरान : नेपाली काँग्रेसले टोल देखी नै सङ्गठन विस्तार गर्ने अभियानका क्रममा धरान उपमहानगरपालिका वडा नं.१५ नीराजन बस्तीमा दिपा श्रेष्ठको संयोजकत्वमा टोल कमिटी गठन सम्पन्न भएको छ।
धरा-१५ नेपाली काँग्रेस वडा सभापति डम्बर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस प्रदेश नं.१ 'क' का सचिव युवराज शङ्करले गरेका थिए।  पाटीका जिल्ला सदस्य, क्षेत्रीय प्रतिनिधि नगर सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथी युवराज शंकरले एमसीसीको भ्रम र यथार्थ तथा धरानको बिकास सङ्ग सम्बन्धित कुराहरु प्रस्ट पारेका थिए। टोल समितिमा युवा र महिलाको उपस्थिति बढेकाले अब काँग्रेसको विजय निश्चित भएको सचिव शङ्करको भनाई छ। गाउँमा काँग्रेसको माहौल धेरै सकारात्मक भएको भन्दै उनले परिवर्तनको पक्षमा मत आउने उनको विश्वास छ। 
नेपाली काँग्रेस नीराजन बस्ती टोल कमिटीको संयोजकमा दिपा श्रेष्ठ उप-संयोजकमा पर्सुराम थापा सचिवमा अमित सुब्बा कोषाध्यक्षमा कैलाश राई सहित २७ सदस्य समिति गठन भएको छ।
यसैगरी धरान उपनगरपालिका वडा नं. १५ को शिवगंगा बस्ती बगरकोटमा नेपाली काँग्रेसको टोल कमिटी गठन सँगै पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। नेपाली काँग्रेस धरान उपमहानगरपालिका धरान १५ का वडा सभापति डम्बर गुरुङको अध्यक्षमा भएको टोल कमिटी गठन कार्यक्रममा विभिन्न पाटी परित्याग गरी सन्दीप राईको संयोजकमा ४७ जना युवाहरू नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।
आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेपाली काँग्रेस पाटीको उमेद्ववारलाई विजय गराउन शिवगंगा बस्तीवासी लाग्ने स्थानीय कृष्ण राई बताए । कार्यक्रम सञ्चालन गजेन्द्र लिम्बुले गरेका थिए।