भोजपुर : नयाँ वर्षको अवसर पारेर नेपालकै सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको ४ दिने एक्सचेन्ज तथा सर्भिस क्याम्प अर्बिन एण्ड ब्रदर्स अटो धरानको आयोजनामा पहिलो पटक भोजपुरमा सञ्चालन गरिने भएको छ।
उक्त एक्सचेन्ज तथा सर्भिस क्याम्प वैशाख ६ गते देखि ९ गतेसम्म अर्बिन एण्ड ब्रदर्स अटो धरानको आयोजनामा गरिने जनाइएको हो । उक्त क्याम्पमा बजाज मोटरसाइकलका ग्राहकहरूले नगद खरिदमा एसएमएसको माध्यमबाट दश हजार देखि दश लाखसम्म नगद छुटका साथै हेलमेट र लेगार्ड समेत प्राप्त गर्न सकिने अर्बिन एण्ड ब्रदर्स अटो धरानका सञ्चालक अर्बिन तामाङले बताए।
सञ्चालक तामाङले भने -'बजाजका नयाँ तथा पुराना ग्राहकहरूले पचास प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याजदरमा १८ महिनासम्मको सरल किस्ताबन्दीमा मोटरसाइकल खरिद गर्न सक्नुका साथै दक्ष प्राविधिकद्वारा निःशुल्क चेकअपको पनि फाइदा लिन सकिन्छ।' यस्तै पहिलो पटक भोजपुरमा आयोजना गरिएको उक्त क्याम्प मार्फत पचास देखि साठी वटा सम्म मोटरसाइकल बिक्री गर्ने उद्देश्य रहेको आयोजकले जानकारी दिएको छ।
उक्त क्याम्प भोजपुरको च्याङबेनी चोकमा गत करिब ५ वर्ष देखि सञ्चालित विकल एण्ड ब्रदर्स अटोमा सञ्चालन गरिने भएको हो।
bhojpur-Exchange