धरान : बजाजको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्डको प्रालिले 'बजाज खुसीको ३ डोज' को विजेता घोषणा गरेको छ । बडादसैँ, तिहार र छठको अवसरमा सुरु गरिएको यो योजनामा लालबन्दीका बिट्टु कुमार गुप्ताले विजेता बनी १० लाख प्राप्त गरेका छन् । उनले अर्किड्ज मोटर्स प्रालिबाट मोटरसाइकल खरिद गरेका थिए ।

बजाजले सदैव ग्राहकका लागि रोमाञ्चक योजना र अफर ल्याउँदै आइरहेको छ। कोभिड-१९ महामारीको समयमा पनि बजाजले ग्राहकमाझ खुसी बाँड्न आवश्यकता अनुरूपका योजनाहरू ल्याएको थियो । यस अफरअन्तर्गत ग्राहकले कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा पहिले, किन्दाखेरी र किनिसकेपछि नगद पुरस्कार प्राप्त गर्ने अवसर थियो।

साथै ग्राहकले बाइक किन्नुभन्दा पहिले १० हजार रुपैयाँ सम्मको अग्रिम नगद प्राप्त गर्ने अवसर पनि थियो । त्यसबाहेक, उपभोक्ताले मोटरसाइकलको खरिद गर्ने बेलामा एक लाख रुपैयाँ सम्मको नगद मूल्य गर्ने अवसर रहेको पनि कम्पनीले जनाएको छ।