चतरा : टिकट वितरणमा असन्तुष्टि जनाउँदै वराहक्षेत्र-६ मा नेकपा एमालेका पार्टी अध्यक्ष घनश्याम पौडेलले राजीनामा दिएका छन्।
वडा कमिटीको बैठकले सिफारिस नगरेको व्यक्तिलाई पार्टीको माथिल्लो तहका नेताहरूले वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको भन्दै पार्टी वडाध्यक्ष पौडेलले फेसबुक मार्फत हस्तलिखित राजीनामा पत्र सार्वजनिक गरेका छन् ।
पार्टीको वडा कमिटीले गरेको निर्णयलाई माथिल्लो निकायले उल्टाउन दबाब दिएको भन्दै राजीनामा दिएको बिहीबार सार्वजनिक भएको पत्रमा लेखिएको छ। 
पौडेलले लेखेका छन् "६ नम्बर वडा कमिटीको पूर्ण बैठकले ३ जनाको नाम सिफारिस गर्‍यो । नगरकमिटी अध्यक्षले पनि ३ जना मध्यवाट १ जना आउने हो ढुक्क हुनु होस चौथो व्यक्ति आउदैन् भनेको १४ घण्टा नबित्दै नेतृत्वले इच्छाइएको व्यक्तिलाई तपाईँले स्वीकार गरेर जानू पर्छ फिर्ता लिनु होस । नेतृत्वले इच्छाएको व्यक्तिलाई तपाईँले स्वीकार गरेर जानू पर्छ । तपाईँ फिर्ता लिनु होस, भन्ने कुरा आए पछि सिफारिस गरेको मध्यबाट जो आए स्वीकार गर्ने कुरा राखे पछि चौथौँ व्यक्ति स्वीकार गर्न मलाई दबाब दिइयो।"
निम्न वर्गको व्यक्ति, इमानदार निष्ठावान् कार्यकर्ताहरूको अब एमालेमा कुनै स्थान रहेनछ, कुनै हैसियत नदेखिनु मूल्याङ्कन समेत नहुनु, मैले वडाध्यक्षको टिकट नपाएर आवेगमा आएर यो राजीनामा दिएको नभई वडा कमिटीले सिफारिस गरेको ३ जना मध्यवाट जो कोही भए बिधिसंगत हुने थियो । तर नेतृत्व पक्तिले  एकाएक फुत्त इच्छाएको व्यक्ति ल्याएको हुँदा यस्तो विकृति विसङ्गति विरुद्ध र वडाको निर्णयलाई माथिल्लो कमिटीले नमान्नु र सर्वसम्मत भई सकेको कुरालाई अस्वीकार गरी बखेडा निकाल्नु र धनश्याम कतिमा विकेको वडाध्यक्षको पद छोड्यो, भनेर बजारमा हल्ला फिँजाउनु र म कतिमा रहेछु। छानबिन गरी  दोषी ठहरिए हदैसम्मको कारबाही भोग्न तयार रहेको र आजकै मितिबाट नगर कमिटीको पदेन सदस्य, भूमिहीन सुकुम्वासी सुनसरी जिल्ला कमिटी कोषाध्यक्ष पदबाट राजीनामा दिएको छु । 
rajinama-baraha-kshetra-wad