इटहरी  : शनिवार साँझ नेकपा एमालेले उपमहानगरपालिका र महानगरपालिकाका मेयर उपमेयरको उम्मेदवारी टुङ्गो लगायो । उम्मेदवारी सार्वजनिक भएसँगै कतै शुभकामना आदान प्रदान सुरु भयो कतै असन्तुष्टि पोखिन सुरु भयो ।  

धरान उपमहानगरपालिकाका मेयरका बलियो दाबेदारको रूपमा हेरिएका मनोज कुमार मेन्याङ्बोले पार्टी प्रति चित्त दुखाए । हालकी उपमेयर मञ्जु भण्डारीले टिकट पाएपछि उनले आपत्ति जनाएका हुन् । २०५४ सालमा नेकपा एमालेको तर्फबाट मेयर भएका मेन्याङ्बो पुनः धरानको नेतृत्व गर्ने लाइनमा थिए । तर टिकट नपाएपछि उनले आपत्ति जनाएका हुन् । 

“धरान उपमहानगरपालिकाको मेयर चयनमा हाम्रो पार्टी नेकपा एमालेले यति अप्रिय निर्णय गर्ला भन्ने धरानका नेता कार्यकर्ता तथा मतदाताहरूले कल्पना पनि गरेका थिएनन् । तथापि बोकेर हिँड्न मजबुर छौ हामी कार्यकर्ताहरू, फेसबुकमा उनले लेखेका छन् । 

'यस पटकको स्थानीय निर्वाचनमा धरानमा कम्युनिस्टले गुमाएको साख फर्काउन सक्ने थियो, पार्टीको अप्रिय निर्णयले धरानमा नेकपा एमालेलाई अव गाह्रो छ' कपुरी न्युजसँग मेन्याङ्बेले भने । पार्टीको निर्णय प्रति चित्त नबुझेकोले मैले फेसबुकमा आफ्नो विचार उल्लेख गरेको हुँ भन्दै पूर्व नगरप्रमुख मेन्याङबोले भने-पार्टीको यस्तो निर्णयले धरानका नेता कार्यकर्ता र मतदाताहरुमा निराशा छाएको बताए। तर पनि उनले पार्टीले गरेको निर्णय हो मान्नै पर्छ तर पनि यो निर्णयले आम धरानवासी नेता कार्यकर्तालाई निराश बनाएको उनको भनाई छ । उनले भने -'मैले नै मेयर पाउनु पर्छ भन्न खोजेको होइन तर धरानका लागि धरानवासीले रुचाएको नेतृत्वलाई अघि सार्नुपर्ने थियो त्यो भएन ।' 

त्यस्तै इटहरीमा याम कुमार सुब्बाले मेयर र सङ्गीता चौधरीले उपमेयरमा टिकट पाएका छन् । यसअघि एमालेकै द्वारिकलाल चौधरी र लक्ष्मी गौतमले इटहरीको नेतृत्व गरेका थिए । अघिल्लो पटक पनि मेयरमा दाबी गरेका रामप्रसाद चौलागाईले भने बाहुन भएकै कारण टिकट नपाएको असन्तुष्टि पोखे । बाहुन हुनु गल्ती भएको भन्दै आपत्ति जनाए ।

“इटहरीमा बाहुन त्यो पनि रामप्रसाद चौलागाई कहिल्यै मेयर हुनु हुँदैन । इटहरीमा आप्रवासी जनजातिको जय होस् । अब सदैव इटहरीमा म समेत क्षेत्री बाहुन एमालेहरू मुर्दावाद । म बाहुन कुलमा जन्मिनु के मेरो अपराध हो ? वा मेरा मातापितालाई के दण्ड दिऔँ ?” उनले लेखेका छन् । त्यसको ३० मिनेट बित्न नपाउँदै उनले पुनः ‘इटहरी पार्टीमा क्षेत्री बाहुन “चुच्चे नाक” के अन्याय र शोषक वर्गमा पर्छ ?’ भन्दै प्रश्न गरेका छन् । 

खानेपानी संस्था इटहरीको अध्यक्ष समेत रहेका चौलागाई इटहरीको मेयरका बलिया दाबेदार थिए । २०५४ सालमा सर्वध्वज सावा र त्यसपछि द्धारिकलाल चौधरी एमालेबाटै मेयरमा विजयी भएका थिए । आदिवासी जनजातिले मात्र मेयर पाएको भन्दै क्षेत्री बाहुनले पनि नेतृत्वको अवसर पाउनुपर्ने उनको बुझाई छ ।status-manoj

ram-prasad-next