धरान : धरान उपमहानगरपालिकाका उपमेयर मञ्जु भण्डारीले आज पदबाट राजीनामा दिएकी छन् । वैशाख ३० गते हुने चुनावमा नेकपा एमालेबाट उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारीको टिकट पाएकोले उनले राजीनामा दिएकी हुन् ।
अपराह्न उपमहानगरपालिकामा मेयर तिलक राईलाई उनले राजीनामा पत्र बुझाएकी हुन । निर्वाचन नियमावली अनुसार उम्मेदवारहरूले उम्मेदवारी दर्ता गर्दा पदबाट राजीनामा दिएको निस्सा सहित उपस्थित हुनुपर्ने प्रावधान छ। 
उक्त अवसरमा उपमेयर भण्डारीले नगरपालिका कर्मचारीहरू सङ्ग भेटघाट गरी ५ वर्षे कार्यकालमा सहयोग पुर्‍याएकोमा धन्यवाद ज्ञापन गरिन् ।