धरान : धरान उपमहानगरपालिकाका ६ जना वडाध्यक्ष सहित १६ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् । 
धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाका अनुसार धरान-१३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्ले, धरान-५ का सन्तोष लिम्बू, वडा नं. ७ का जीवनराज सुवेदी, धरान-१७ का वडाध्यक्ष सूर्य भट्टराई (मनोज), धरान-९ का वडाध्यक्ष रत्नबहादुर कटुवाल, धरान-१९ का वडाध्यक्ष पूर्णबहादुर लिम्बू सहित ६ जना वडाध्यक्षले आफ्नो पदबाट राजीनामा दिएका छन् । 
राजीनामा दिने अन्य जनप्रतिनिधिहरूमा धरान-१० का वडा सदस्य अरुणा सुन्दास, कृष्णबहादुर राई, समसेर बर्देवा, धरान-६ का हरि बहादुर राई, धरान-१३ का सन्तोष राई, उर्मिला परियार, धरान-७ का देकुमारी विश्वकर्मा, धरान-१९ का चन्द्रमाया विश्वकर्मा, धरान-९ का मनोजकुमार राउत र सविना शाक्यले पदबाट राजीनामा दिएका हुन् । 
वैशाख ११ र १२ गते स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता हुने दिन भएकोले स्थानीय निर्वाचनमा उम्मेदवार भएका जनप्रतिनिधिहरूले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।