धरान : विधान विपरीत क्रियाकलाप भएको भन्दै मङ्गोल नेशनल अर्गनाइजेशन-डां गोपाल गुरुङका केन्द्रीय सभाका सल्लाहकार सहित  ३२ नेता कार्यकर्ताद्वारा सामूहिक राजीनामा दिएका छन्।
अहिन्दु मूलवासी मङ्गोलहरूको राजनीतिक सङ्गठन मङ्गोल नेशनल अर्गनाइजेशन-डां गोपाल गुरुङमा लामो समयदेखि आबद्ध रही राज्यबाट सदियौँदेखि शोषण, दमन, उत्पीडन र विभेदमा पारिएका ८०% अहिन्दु मूल बासी मङ्गोलहरूको मुक्ति र न्यायको निम्ति सक्रिय रूपमा राज्यको विभेदकारी र वर्णभेदि नीति विरुद्ध लड्दै आएको तर हाल आएर सङ्गठन भित्र विधान विपरीत अवैज्ञानिक, अप्रक्रियागत, अधिनायकवादी र अलोकतान्त्रिक तवरले गतिविधि हाबी हुन गई न्याय र मुक्तिको नाममा सम्पूर्ण मूलवासी मङ्गोलहरूको भावना र हित विपरीत छलकपटपूर्ण तवरले खेलबाड गरेको प्रत्यक्ष देखिएको हुँदा  सामूहिक राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ।  
महत्त्वपूर्ण विषयमा गम्भीर हुन अनुरोध गर्दा पनि बेवास्ता गरी मनोमानी तवरले गतिविधि गरेको तथा प्रकारका गतिविधिले अहिन्दु मूलवासी मङ्गोलहरूको मुक्ति नहुने स्पष्ट देखिएको हुनाले सङ्गठनले गरेको गतिविधिहरू प्रति असन्तुष्ट व्यक्त गर्दै राजीनामा दिएको मङ्गोल विद्यार्थी युनियन सङ्घीय संयोजक अडिल खम्बूले जानकारी दिए।
राजिनामा पत्र सहित