धरान : मङ्सिर ६, २०१७ देखी धरान नगरपालिका स्थापना भयो। स्थापनाको इतिहास देखि धरानको प्रमुख पदमा महिला उमेदवारि थिएनन् । २०७४ सालको स्थानीय तहको निर्वाचन सम्म आइपुग्दा भने उपप्रमुख भने महिला निर्वाचित भएको पहिलो पटक थियो ।
२०७४ मा महिला उपप्रमुख पाएको धरानले ०७९ सम्म आइपुग्दा भने प्रमुख पदमा समेत महिला प्रतिस्पर्धामा उत्रिएका छन् । धरानको इतिहासमा पहिलो पटक महिलाहरूको नेतृत्व गर्दै नगरको उपप्रमुखमा २१ हजार २ सय ५६ मतसहित उपमेयरमा विजयी भण्डारी आफ्नो यस पटक धरानको मेयरमा उम्मेदवारी दिएकी छिन।
श्रावण २, २०३९ सालमा पिता रवीन्द्र प्रसाद भण्डारी एवम् माता राधादेवी भण्डारीको कोखबाट भण्डारीको जन्म भयो। इटहरी–८, मा जन्मिएकी भण्डारीको राजनीति पनि इटहरीबाट नै सुरु भयो ।
राजनीतिक पृष्ठभूमि 
manju-baio-2इटहरीमा जन्मिएकी भण्डारी इटहरीकै जनता माविमा आफ्नो प्रारम्भिक शिक्षाको सुरुवात गरेकी हुन् ।  अध्ययनकै क्रममा २०५३ सालमा कक्षा ८ देखिनै भण्डारी अनेरास्ववियू विद्यालय प्रारम्भिक कमिटी सदस्य भइन । जनता माविमै अनेरास्ववियूूको मावि प्रारम्भिक कमिटी सदस्य हुँदै, कोषाध्यक्ष, अध्यक्ष सम्म बनिन् । त्यसपछि भण्डारी इटहरीको जनता क्याम्पस अध्ययन गर्न थालिन् । जनतामा अध्ययनरत अवस्थामा २०५६ सालमा सुनसरी २ नं क्षेत्रीय कमिटी सचिव बनिन भण्डारी ।
सचिव बनेपछि अनेरास्ववियूू कोसी अञ्चल कमिटी अध्यक्ष भई २ कार्यकाल अनेरास्ववियू केन्द्रीय सदस्य समेत रहेकी थिइन। २०५८ सालमा अनेरास्ववियूूको कमिटी निर्माणका क्रममा सैनिकबाट गिरफ्तारीमा समेत परिन । 
जनआन्दोलनको बेला युवाहरूको लागि रोलमोडल रहेकी भण्डारी विरुद्धको आन्दोलनमा २०६१ सालमा इटहरीबाट सैनिक सुराकीमा गिरफ्तार भई जिल्ला प्रहरी कार्यालयमा थुनामा परिन् । तत्कालीन राजा ज्ञानेन्द्रले गराएको नगर निर्वाचन बहिस्कारका क्रममा गिरफ्तारीमा परी १३ दिन सशस्त्र प्रहरी क्याम्प पकली हिरासतमा समेत बसेकी थिइन् ।
विद्यार्थी राजनीतिबाट आफ्नो राजनैतिक यात्रा सुरु गरेकी भण्डारी ३५ वर्षको उमेरमा नै धरानको उपमेयर बन्न सफल भइन । भण्डारीको धरानमा भनेमा २०६४ साल वैशाख ७ इण्ट्री भयो । हाल नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा सुनसरी क्षेत्र नं १ का इन्चार्ज मुरारी सुवेदी सँग जनवादी विवाह गर्दै धरानको स्थायी बासिन्दा बनेकी हुन् ।
राजनीतिक रूपमा मात्र हैन, सामाजिक अभियन्ताको रूपमा समेत भण्डारी सक्रिय भइन । भण्डारीले मानव अधिकार रेडियो श्रोता क्लबको जिल्ला अभियन्ता भई मानव अधिकार तथा द्वन्द्व रूपान्तरणका केही समय काम गरिन। द्वन्द्व व्यवस्थापनका लागि सञ्चालित वारुदि सुुरुंग प्रतिबन्ध अभियानको जिल्ला संयोजक तथा लैङ्गिक मैत्री योजना निर्माण र कार्यान्वयनको संयोजनकर्ता भई निरन्तर क्रियाशील रहिन भण्डारी।
manju-bhandari-interiewमहिला तथा वालिकाको न्यायमा पहूूँच परियोजना अन्तर्गत जिल्ला संयोजक समेत रहेर काम गरेको अनुभव उनमा छ । भण्डारीले  चीन, भारत, हंगकंग र कोरियाको समेत भ्रमण गरिसकेकी छन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा धरान उपमहानगर पालिकाको, उपप्रमुखमा नगर प्रमुख भन्दा २८१ मत बढी प्राप्त गरी  निर्वाचित भएकी उनले २०७५ श्रावण देखि २०७६ मङ्सिर सम्म कार्यवाहक नगर प्रमुखको भूमिका निर्वाह गरिन । 
भण्डारी नेकपा एमाले केन्द्रीय कमिटी सदस्य नेकपा एमाले सुनसरी जिल्ला सह इन्चार्ज, अनेम सङ्घ सुनसरी जिल्ला अध्यक्ष एवम् अनेम सङ्घ केन्द्रीय सदस्यमा रही पार्टीगत जिम्मेवारी वहन गरिरहेकी छन् । भण्डारी हाल नेपाल नगरपालिका सङ्घको केन्द्रीय सचिवालय सदस्य समेत छिन।
manju-bhandari