धरान : धरानमा गठबन्धनको उम्मेदवार प्रति नै नगरवासीले आस र भरोसा रहेको बताएका छन्। बुधवार वडा नं ८ र ९ वडामा उम्मेदवार पुग्दा स्थानीयहरुले भोट दिने र जिते पछि नर्विसन र दुःखमा साथ दिन आग्रह गरे।
गठबन्धनबाट मेयरका उम्मेदवार किशोर राईले भोट माग्दा स्थानीय धनमाया र रविन तामाङले हामी भोट दिन्छौ जितेर गए पछि पनि हामीलाई चिनीदिनोस भन्दा मेयरका उम्मेदवार राई र उपमेयरका उम्मेदवार आइन्द्र बिक्रम बेघा भावुक समेत बनेका थिए । श्रमजीवी र दैनिकी गुजारा गरेर खानेको मत पाएर गएकाहरूले फेरि नसम्झिने गरे बताउँदै धनमायाले काम गरेर खाने सहज बताबरण बनाइदिन आग्रह गरिन ।
सुनसरीको धरान उपमहानगरपालिकामा चुनावी रौनक बढेको छ । नेपाली काँग्रेस र माओवादी बिचको गठबन्धन र नेकपा एमालेका उम्मेदवारहरू चुनावी अभियानमा लागेका छन् । दुवै तर्फका उम्मेदवारहरू भोट माग्न घरदैलोमा व्यस्त छन् ।
matadat-2