धरान : वैशाख ३० गते हुन गइरहेको निर्वाचनमा चार दलीय गठबन्धनबाट उपमेयरका उम्मेदवार आइन्द्र विक्रम बेघा धरानेहरुका लागि नौलो नाम होइन । धरानको राजनीतिमा क्रियाशील बेघा धरानको विकाशका मुद्दामा स्पष्ट वक्ता, इमानदार युवा नेताका रूपमा परिचित छन् । सङ्घीय गणतन्त्रका लागि भएको माओवादी आन्दोलनमा भूमिगत जीवन समेत बिताएका वेघा जेल जीवन बिताएका नेता हुन् ।
माओवादीको परिवर्तनकारी एजेन्डा अनुसार मुलुकमा सङ्घीय गणतन्त्र आएकोमा कसैको दुई मत नहोला । त्यही परिवर्तनकारी शक्तिका युवा अगुवा वेघा यसपालिको स्थानीय चुनावमा धरान उपमहानगरपालिकाको उपमेयरका उम्मेदवार छन् । २०७४ सालको चुनावमा मेयरको प्रत्याशी हुँदा ११ हजार बढी मत प्राप्त गरेका उनी धरानका युवा, महिला, श्रमिक, सुकुम्वासी देखी ज्येष्ठ नागरिक सबैका लागि परिचित युवा नेता हुन् ।
राजनीतिक जीवनमा कहिल्यै कुनै पनि प्रकारको पद, प्रलोभन र अवसरवादबाट अलग निर्विवाद आइन्द्र विक्रम वेघा स्व. प्रेमप्रसाद बेघा तथा आमा रूप कुमारी बेघा साम्सुहाङका छोरा हुन् । उनको जन्म २०३९ साल असार २७ गते आइतबार ताप्लेजुङमा भएको हो । जन्म ताप्लेजुङमा भए पनि उनले राजनीतिक कर्म क्षेत्र धरानलाई बनाएर क्रियाशील रहँदै आएका छन् । धरानमा स्थायी बसोबास वडा १९ हो । 
बेघाको प्रारम्भिक शिक्षा झापाबाट सुरु भएको हो । बाल्यकालमा ताप्लेजुङमा मावलीमा बसेर कक्षा २ का पढ्दै गर्दा झापा बारदशी झरेका उनले मावि स्तरको पढाई पुरा गरेका हुन् । उच्च शिक्षाको लागि धरानको महेन्द्र बहुमुखी क्याम्पसमा पढाई सुरु गरेका उनको राजनीतिक जीवन त्यही माओवादीमा आबद्ध हुँदै सुरु भएको हो । पार्टीको पूर्णकालिक क्याडरका रूपमा रहेर उनी भूमिगत आन्दोलनमा सामेल भए ।
Kishor 2 1आन्दोलनकै क्रममा २०६० साल भदौ १५ गते पाँचथरको फिदिममा नेता बेघा पक्राउ परे । बन्दी जीवनमा बेगाले भोग्नु परेको नेपाली सेनाको अमानवीय यातनाको अनुभव दर्दनाक छ । त्यस बेला चिरञ्जीवी लामिछाने पार्टीका पाँचथरका जिल्ला सचिव थिए । वेघा अनिरास्ववियु क्रान्तिकारीको केन्द्रीय थिए । पक्राउ गरिएका वेतलाई तत्कालीन शासकले  ११ महिना बेपत्ता बनायो । 
सेनाले आँखामा पट्टी, हातमा हतकडी लगाएर सैनिक ब्यारेकमा कठोर बन्दी बनाएको थियो । ११ महिना पछि पाँचथरका जिशिअ डिल्लीराम लुइँटेललाई सहकर्मीहरूले सार्वजनिक गर्न दबाब दिएपछि बल्ल जिसिअकै रोवहरणमा बेघालाई सार्वजनिक गरिएको थियो । लगत्तै उनलाई हिरासतमा लिएर विराटनगर मोरङ कारागार चलान गरियो । त्यसै बिच कारागारमा भएको ठुलो झडपमा प्रहरीको कुटपिटबाट एक बन्दीको मृत्यु  भयो । बन्दीहरू आन्दोलित भए त्यसै बिच वेघा सहित केहीलाई सुन्दरी जल जेल सरुवा गरियो ।
सुन्दरी जल बसाइँकै बेला मुलुकमा ०६२/०६३ को आन्दोलन सुरु भयो । २०६३ जेठ १२ गते  बेघा रिहा भए । तीन वर्षको जेल जीवनका बिच जेलै बाट उनले स्नातक सम्मको पढाई पुरा गरेका हुन् । जनआन्दोलनले मुलुकमा राजतन्त्र समाप्त गरी गणतन्त्र स्थापना हुँदा सम्म बेघाले पार्टीका विभिन्न जिम्मेवारी सम्हालेको अनुभव प्राप्त गर्न पाए । एरिया सदस्य हुँदै जिल्ला कमिटी सदस्य, प्रदेश कमिटी, एरिया कमिटी, प्रदेश कमिटीको जिम्मेवारी पूरा गरेका बेघाले विद्यार्थी राजनीतिमा अनेराश्ववियुको केन्द्रीय सचिवको जिम्मेवारी पुरा गरेका छन्। 
यसबिच बेघा सङ्घीय मामिला संविधान सभा तथा संस्कृति मन्त्रीको स्वकीय सचिव पनि भए । पार्टीमा सक्रिय बेघाले आन्दोलनको नेतृत्व गर्ने क्रममा प्रदेश १ को राजधानी धरान बनाउने माग सहित भएको आन्दोलनको पार्टीबाट नेतृत्व गरेका थिए । धरानमा सुकुम्वासी समस्याको मुद्दा बारम्बार उठाइरहने नेताको रूपमा उनलाई चिनिन्छ । धरानको खानेपानी समस्या समाधानको मुद्दा, विकास निर्माणको सवालमा सशक्त भूमिका निर्वाह गर्ने नेताका रूपमा पनि आइन्द्र विक्रम वेघा अग्र पङ्क्तिमा आउँछन् ।