रामधुनी : वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा रामधुनी नगरपालिकामा काँग्रेसबाट मेयरका उम्मेदवारी दिएका सुदीप अधिकारीले ग्रामीण बस्तीहरूमा स्मार्ट भिलेजको अवधारणा कार्यान्वयन गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
ग्रामीण क्षेत्रबाट विकासको सुरुवात गर्ने अवधारणाका साथ सबै ग्रामीण बस्तीहरूमा सडक, सञ्चार, खानेपानी, इन्टरनेट, विद्युत् लगायतका पूर्वाधारको विकास गरी स्मार्ट भिलेजको अवधारणा कार्यान्वयन गर्न आफ्नो उम्मेदवारी रहेको सञ्चारकर्मी सँग उनले बताए ।
आज सम्म राजनीतिक दलले तयार पारेका घोषण पत्रमा रामधुनी नगर बासीको हक हितमा काम गर्ने भनेर घोषण गर्ने गरेका तर निर्वाचन पछि कुनै पनि काम नगरेकाले नगरवासी आजित भएका ले गर्दा आफूले जिते त्यसलाई सुधारेर अघि बढ्ने उनको भनाइ छ।
मेयरको उम्मेदवार अधिकारीले करको विद्यमान दायरालाई फराकिलो बनाउँदै रामधुनीको विकासमा सङ्घ र प्रदेशसँग सहकार्य गरेर ग्रामीण बस्तीहरूमा स्मार्ट भिलेजको अवधारणा कार्यान्वयन गर्ने उनले बताए। 
अधिकारीले पाँच वर्षमा रामधुनीमा अस्पताल, शिक्षा क्षेत्रमा सुधार, विपन्न समुदायका बालबालिकालाई शिक्षामा सहज पहुँच, खाली जग्गाहरूमा विभिन्न संरचना निर्माण, रामधुनी मन्दिरको प्रचारप्रसार, विभिन्न जातिको धार्मिक तथा संस्कृतिको सङ्ग्रहालय निर्माण र ग्रामीण बस्तीहरूमा स्मार्ट भिलेजको अवधारणामा आफ्नो जोड बताए।