धरान: मिडिया क्षेत्रमा आबद्ध धरानका सञ्चारकर्मी राकेश विश्वकर्माले लोकतान्त्रिक बाम गठबन्धनलाई समर्थन गर्दै वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा आफ्नै वडा धरान-११ मा उम्मेदवारी दिएका छन्। 
कृति टेलिभिजन धरानमा काम गरेका र हाल प्रदेश पोर्टल अनलाइनमा आबद्ध रिकेशले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) धरानको सिफारिसमा नेकपा माओवादी केन्द्र धरान ११ न. वडासङ सहकार्य गर्दै चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हथौडा लिएर खुल्ला सदस्यमा भोट मागिरहेका छन्।
नेकपा एमाले विभाजन हुँदा एकीकृत समाजवादीको साथ दिएका राकेश निकै लामो समय देखि धरानमा लेखक, कलाकार, निर्देशक तथा कार्यक्रम प्रस्तोता भएर चिनिएका छन्। विभिन्न वक्तित्वकलाहरुमा पहिलो, दोस्रो हुँदै आफलाइ विद्यार्थी जीवन देखि नै निखार्दै आएका उनी सामाजिक सञ्जालमा मात्र युवा नेतृत्व आजको आवश्यकता भनेर होइन मैदानमा उमेर पुगेका बुढाहरू सँग भिड्न आग्रह गरेका छन् ।
गोलाकार भित्रको हँसिया हथौडाको खुल्ला सदस्य राकेश अध्यक्षमा युवा नेता जितराज राई, महिला सदस्यमा सानू तामाङ, दलित महिला सदस्यमा पम्फा विश्वकर्मा र खुल्ला सदस्यमा बालकृष्ण लिम्बूलाई साथ दिएर हाल चुनावी प्रचार गर्दै घरदैलो कार्यक्रममा होमिएका छन्।