धरान : धरानमा सत्तारुढ दलहरूबिच केन्द्रमा भएको सहमतिलाई कार्यान्वयन गर्नका लागि जनता समाजवादी पार्टीसँग आज पनि छलफल जारी छ । 

यस भन्दा अघि धरानमा ४ दलीय गठबन्धन भएकोमा जनता समाजवादी पार्टी गठबन्धनबाट बाहिरिएको थियो । तर सत्ता गठबन्धनको केन्द्रीय निर्णय अनुसार धरानमा फेरि पनि जनता समाजवादी पार्टी गठबन्धनमा सामेल गराएर अघि बढ्ने तयारी भइरहेको बताइएको छ ।

जनता समाजवादी पार्टीले मेयर उपमेयर सहित उम्मेदवारी दर्ता गरेको भए पनि अहिले सम्म मेयर उपमेयर सहितको चुनावी घर दैलो कार्यक्रम नगर्नुको मुख्य कारण सत्तारुढ गठबन्धनले गरेको निर्णयलाई कार्यान्वयन गर्नका लागि गठबन्धनमै सामेल भएर अघि बढ्नको लागि भएको जनता समाजवादी पार्टी धरानका अध्यक्ष तथा मेयरका उम्मेदवार ताजुब लिम्बूले कपुरी न्युजलाई बताए ।

आज पनि गठबन्धन गर्ने बारेमा छलफल जारी रहेको बताउँदै लिम्बूले आज पनि सहमति भएन भने जनता समाजवादी पार्टीले धरान ११ बाट मेयर उपमेयर सहित घर दैलो कार्यक्रम थाल्ने बताए । तर, जहाँ सम्म लाग्छ आज सहमति हुन्छ । सहमति भयो भने अव धरान ३ दलीय होइन ४ दलीय गठबन्धन हुनेछ लिम्बूले भने । 

जसपासंगको गठबन्धनको बारेमा नेपाली काँग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले पनि गठबन्धन गरेर अघि बढ्ने केन्द्रीय नीति अनुसार छलफल भइरहेको बताए । केही कुरामा सहमति हुन नसकेकोले आजको छलफलबाट सहमति हुने तामाङले बताए ।