धरान : वडा स्तरीय प्रतियोगितात्मक साकेला सिलीको उपाधि यस पटक इटहरी उपमहानगरपालिका-१,१९ र २० वडा कार्य समितिको समूहले जितेको छ । 

शनिवार धरान-१७ स्थित साकेला सांस्कृतिक पार्कमा आयोजित सुनसरी जिल्ला भरीबाट वडा स्तरीय प्रतियोगितात्मक साकेला सिली प्रदर्शनीको क्रममा यस भन्दा अघिको विजेता धरान-१९ वडा कार्यसमिति दोस्रो र धरान १७ वडा कार्यसमिति तेस्रो भएका छन् । प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार २५ हजार र २० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

वडा स्तरीय प्रतियोगितात्मक साकेला सिलीको उपाधिसँगै इटहरी उपमहानगरपालिका-१,१९ र २० वडा कार्यसमितिको समूहले उपेन्द्र चाम्लिङ रनिङ शिल्ड पनि कब्जा गरेको छ । 

सुनसरी वडा स्तरीय प्रतियोगितात्मक साकेला सिलीमा भेषभुषा तर्फ धरान-१८ की निनाम्मा राई उत्कृष्ट भइन् । उनले नगद ३ हजार पुरस्कार प्राप्त गरिन् । उत्कृष्ट ढोल वादकमा धरान-१७ का सनिस राई घोषित भए । उनले नगद ३ हजार पुरस्कार प्राप्त गरे । सांस्कृतिक सामाग्री प्रदर्शनी तर्फ धरान भित्र धरान-१३ प्रथम, धरान-८ दोस्रो, धरान-१६ तेस्रो भए । उनीहरूले क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । सोही विधामा धरान बाहिर इटहरी-५ र ७ प्रथम, इटहरी-१,१९ र २० दोस्रो, पकली तेस्रो भए । उनीहरूले पनि क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । 

यसै गरी उत्कृष्ट व्यवस्थापन तर्फ धरान भित्र धरान-८ प्रथम, धरान-१५ दोस्रो र धरान-१३ तेस्रो भए । धरान बाहिरबाट इटहरी-५ र ७ प्रथम, बक्लौरी दोस्रो, इटहरी-२ शान्तिनगर तेस्रो भए । उनीहरूले क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

उत्कृष्ट सहभागी तर्फ धरान भित्र धरान-१५ प्रथम, धरान-८ दोस्रो र धरान-१९ तेस्रो भए भने धरान बाहिर इटहरी-१,१९र २० प्रथम, इटहरी-२ शान्तिनगर दोस्रो र पकली तेस्रो भए । उनीहरूले क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । 

Saakela  

यसैबिच किरात राई यायोक्खा सुनसरी जिल्ला कार्य समितिले नेपाल टेलिभिजनका इटहरी प्रमुख गजुरधन राईलाई सम्मान गरेको छ । 

किराँती कुलमा जन्मिएर पत्रकारिता विधामा योगदान पुर्‍याएको भन्दै राईलाई ताम्रा पत्रले सम्मान गरिएको हो । राईलाई प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई र किराया जिल्ला कार्य समिति सुनसरी अध्यक्ष राजेन्द्र राईले संयुक्तरुपमा सम्मान गरेका थिए । 

Gajurdhan-Rai