धरान : गर्मियाममा युवा युवतीको गर्मी छल्ने गन्तव्य थियो धरानको खानेपानी मुहान आपगाछी क्षेत्र । केही दिन देखि सो क्षेत्रमा खानेपानीको मुहानको सरसफाइ पछि नगर प्रहरी र नेपाल प्रहरीको संयुक्त सुरक्षा टोली परिचालन भएपछि भने खानेपानी मुहान निकै सफा र सुरक्षित भएको छ ।

सुरक्षा टोली परिचालन गर्नु पूर्व धरान उपमहानगरपालिकाको नगर प्रहरीको टोलीले खानेपानीको मुहानमा सरसफाइ गरेको थियो । सरसफाइको क्रममा खानेपानीको मुहान क्षेत्रबाट १० बोरा फोहोर सङ्कलन भएको थियो । फोहोर सङ्कलनको क्रममा दुई बोरा जति त महिलाले लगाउने भित्री वस्त्र मात्रै फेला परेको नगर प्रहरी प्रमुख विष्णु कोइरालाले बताए ।

Khanepani-Muhan-1खानेपानीको मुहान क्षेत्रमा बिदाको दिन थामिनसक्नुको भिड लाग्ने गर्दथ्यो । धरानका मात्रै नभएर विभिन्न स्थानबाट समेत खानेपानी मुहानमा पिकनिक खाने, नुहाउन र पौडी खेल्न आउने गर्दथे । उनीहरूले प्रयोग गरेका र खाएका चिजहरूको बोक्रा, बियरका बोतल, चाउचाउका खोल लगायतका फोहोर सो क्षेत्रमा असरल्ल देखिन्थे ।

पछिल्लो समय धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ निर्वाचित भएर आएपछि खानेपानीको मुहानको सुरक्षामा ध्यान दिन भनेसँगै धरानको खानेपानी मुहानमा निकै गज्जबको परिवर्तन आएको हो । नगर प्रहरी र नेपाल प्रहरीको संयुक्त सुरक्षा गस्ती खटे देखि अहिले सो क्षेत्रमा हिँडडुल गर्न समेत सर्वसाधारणलाई रोक लगाए पछि खानेपानीको मुहान क्षेत्र साँच्चै सफा भएको छ । संयुक्त सुरक्षा टोलीको निगरानीले धरानको खानेपानीको मुहानमा केही दिनमै परिवर्तन आएको नगर प्रहरी प्रमुख कोइरालाले बताए । Khanepani-Muhan-8अहिले नियमितरुपमा दुई सिफ्टमा नगर प्रहरी र नेपाल प्रहरी गरी ८ जना खटिँदै आएका छन् । विशेष गरी उनीहरू धरान भेडेटार सडक खण्डको आपगाछी मोडमा बस्ने गरे पनि समय समयमा खानेपानीको मुहान क्षेत्रको पनि अनुगमन गर्ने गर्दछन् । बिहान ६ बजे देखि साँझ ७ बजे सम्म नियमित सुरक्षामा नगर प्रहरी र प्रहरी खटिँदै आएका छन् ।

आपगाछी क्षेत्रमा पनि सवारी साधन रोक्न रोक लगाउनुको साथै सो क्षेत्रमा दिशा पिसाब गर्न र गराउन बन्द गरिए पछि आपगाछी क्षेत्र पनि सफा हुँदै गएको छ । तर खानेपानीको मुहानको सुरक्षामा खटिने सुरक्षाकर्मीहरूलाई भने घाम पानीबाट जोगिन टहरो बनाउन अत्यन्तै जरुरी रहेको छ भने शौचालयको पनि आवश्यकता देखिएको छ । यसबारेमा सम्बन्धित निकायको ध्यान जान अत्यन्तै जरुरी भएको छ । Khanepani-Muhan-2Khanepani-Muhan-7Khanepani-Muhan-6Khanepani-Muhan-4Khanepani-Muhan-3Khanepani-Muhan-9