धरान : धरान उपमहानगरपालिकाको आज ११ औँ नगरसभा हुदैछ । 

आर्थिक वर्ष २०७९/८० का लागि धरान उपमहानगरपालिकाले करिव १ अर्ब ६८ करोड बराबरको बजेट ल्याउने तयारी गरेको छ । 

हिजो बसेको कार्यपालिका बैठक बिचैमा रोकिए पनि नीति तथा कार्यक्रम पारित भएकोले आजको नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत हुने र अरू विवादित एजेन्डामा सहमति भएर मात्रै पेस हुन सक्ने बताइएको छ । 

धरान उपमहानगरपालिकाले यस पटक करिब १ अर्ब ६८ करोड ५८ हजार २ सय २३ रुपैयाँ बराबरको आर्थिक वर्ष २०७९/८० का लागि घाटा बजेट प्रस्तुत हुन लागेको छ । यसपटकको यो बजेट २१ करोडले घाटा बजेट भएको बताइएको छ । 

सुनसरी उद्योग वाणिज्य सङ्घको सभा हलमा हुने नगर सभाको उद्घाटन प्रदेश १ का सभामुख प्रदीप कुमार भण्डारीले गर्ने बताइएको छ ।