इटहरी : इटहरी उपमहानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । थारु जातिलाई पहिलो जातिको रूपमा घोषणा गर्ने कार्यक्रम सहित शुक्रवार कार्यक्रम सार्वजनिक भएको हो । 

उपमेयर सङ्गीत चौधरीद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा बुढिगंगा घाटलाई व्यवस्थित गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उल्लेख छ । थारुको कला संस्कृति संरक्षण गर्ने देखी  जातीय शव दाह स्थललाई व्यवस्थित गरिने भएको छ । 
साथै घर देखी घाटसम्म कार्यक्रम मार्फत शवबाहन खरिद गरिने भएको हो । २ वटा शव बहान मार्फत घर देखि घाटसम्म सेवा दिन लागिएको हो । 
नगरसभा उद्घाटनका क्रममा सम्बोधन गर्दै नगरसभा प्रमुख हेमकर्ण पौडेलले विगतका जनप्रतिनिधिले गरेको कामको लागि धन्यवाद ज्ञापन गरे। ३ बजे सुरु हुने भनिएको नगरसभा प्राविधिक कारण ४:५० मा मात्र सुरु भएको हो ।