धरान : धरानलाई चौबीसै घण्टा चलायमान बजार बनाउने सङ्कल्प सहित सुनसरी उद्योग वाणिज्य सङ्घमा किसन मास्केले उम्मेदवारी दिएका छन् । वाणिज्य तर्फ सदस्यको लागी उम्मेदवारी दिएका उनले धरानलाई रात्रिकालीन बजारको व्यवस्थापन गरेर चलायमान बनाउने योजना अगाडी सारेका हुन् । 
स्थानीय तह सँगको समन्वयमा करको दायरा बढाउने तर दरलाई सीमिततामा राख्ने विषयमा पहल गर्ने उनले बताए । पछिल्लो समय धरानको व्यापार पलायन भइरहेको बताउँदै उनले धरानमै व्यवसायी टिकाउनको लागि अध्ययन गरी लगानीमैत्री धरान बनाउने सङ्कल्प गरेका छन् ।  
२० गते हुन गइरहेकोको उवासंघ सुनसरीमा विजय श्रेष्ठको लोकतान्त्रिक प्यानलबाट मास्केले उम्मेदवारी दिएका छन् । यसअघि एक कार्यकाल सदस्य भएका शाक्य धरानका चर्चित युवा व्यवसायी हुन् । मितेरी डेभलपमेन्ट बैङ्कको अध्यक्ष समेत रहेका उनी रोटरी क्लब अफ घोपाका अध्यक्ष हुन् । 
सुनसरी सुनचाँदी व्यवसायी सङ्घका पूर्व अध्यक्ष रहेका मास्केले आफ्नो कार्यकालमा भवन निर्माण गरेर सफल नेतृत्व प्रदान गरेका थिए।