धरान : उदयपुरको कटारीमा बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । 

सो दुर्घटनामा परि ७ जना घाइते भएका छन् । 

उदयपुरको कटारीबाट म्याखु तर्फ जाँदै गरेको प्र २–०१–००१ च २४३ नम्बरको बोलेरो दुर्घटना भएको उदयपुर प्रहरीले जनाएको छ । बुधवार अपराह्न ४ बजे भएको दुर्घटनामा परि कटारी नगरपालिका १३ का २० वर्षका विष्णु राउतको मृत्यु भएको छ ।

उनलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याउनेक्रममा बाटोमै मृत्यु भएको हो ।

यसै गरी सो दुर्घटनामा परि घाइते हुनेहरूमा कटारी नगरपालिका ८ बस्ने वर्ष १६ का दिपेश कोइराला सोही वडाकी ४५ वर्षाकी उर्मिला ठकुरी, २१ वर्षका मनोज मल्ल, २९ वर्षका कृष्ण बहादुर बुढाथोकी, २० वर्षका राज मल्ल त्यस्तै उदयपुर कटारी नगरपालिका वडा न ११ बस्ने वर्ष ४० का इन्द्र मगर र धरान ६ पानमाराका ५१ वर्षका निर्मल भुजेल रहेका छन् । घाइतेहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।