धरान : शुक्रवार भारतको जोगबनीबाट भेडेटार जाँदै गरेको कारमा आगलागी भएको छ ।

धरान भेडेटार सडक खण्डको आपगाछीमा बिहीबार दिउसो १ बजे भारतको जोगबनीबाट भेडेटार जाँदै गरेको वि आर ११ यु ४०४७ नम्बरको निशान कम्पनीको कारणमा अचानक आगलागी हुँदाकारमा पुर्णरुपमा क्षति भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 

कारका चालक विहार जोगबनी घर भएका ३५ वर्षीय राजीव सिंह, सोही स्थानका ५४ वर्षीय अजबर हुसेन, १६ वर्षीय एल्विना अन्वर कादिर, ५२ वर्षीय राजकुमार शर्मा र ४२ वर्षीय रिना शर्मा सवार रहेको थिए । उनीहरू सबै कारमा धुवा आउने बित्तिकै बाहिर निस्किएकाले मानवीय क्षति भने नभएको बताइएको छ । 

कारमा लागेको आगो धरान उपमहानगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो ।