धरान : सामाजिक, व्यावसायिक र व्यवहारिक शिक्षाको विकासमा जोड दिँदै आएको प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले आफ्नो ५ औँ वार्षिक उत्सव धूमधामकासाथ मनाएको छ। उत्सवको अवसर पारेर कलेजले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरूलाई बिदाइ कार्यक्रमको पनि आयोजना गरेको थियो ।

कलेजका डाइरेक्टर अनिल श्रेष्ठको अध्यक्षता तथा धरान उप महानगरपालिकाका उपप्रमुख आइन्द्र विक्रम बेघाको प्रमुख आतिथ्थतामा भएको उक्त उत्सवमा विभिन्न विधामा छनौट भएका बिद्यार्थीहरुलाई पुरस्कृत पनि गरिएको थियो ।

कलेजले 'स्टुडेन्ट अफ द इयर'बाट मेला राईलाई सम्मान गरेको थियो भने 'हस्पिटालिटि साईनिगं स्टार' एलिना राई भएकी थिइन् । यसै गरी विद्यार्थीको छनौटबाट 'बेष्ट टिचर अफ द इयर' को उपाधि होटेल म्यानजमेन्ट तर्फ सङ्गीत सिग्देलले पाएका थिए भने नवराज विष्टले कमर्सबाट उपाधि हासिल गरेका थिए । त्यस्तै 'वेष्ट ईम्प्लोई अफ द इयर' रोस्मिता श्रेष्ठले पाएकी थिइन् । 

उक्त कार्यक्रममा कलेजले आफ्ना शेयर सदस्यलाई ढाका टोपी र दोसल्ला ओढाएर सम्मान गरेको थियो । सो कार्यक्रममा धरानको शैक्षिक अभियानमा प्राइम भिजन कलेजको महत्त्वपूर्ण योगदान रहेको भन्दै यसलाई उच्च सम्मान गर्नु पर्ने प्रमुख अतिथि उपमेयर आईन्द्र विक्रम बेघाले बताए ।

कार्यक्रममा इलाका प्रशासन कार्यालय धरानका प्रशासकीय अधिकृत लोकमान श्रेष्ठ, धरान वडा नं १० का वडा अध्यक्ष विवेक राई लगायत विभिन्न कलेजका प्रधानाध्यापक, डाइरेक्टर लगायतको उपस्थिति रहेको थियो ।

prime-vision-5