धरान : धरान-१० स्थित कलेज प्राइम भिजन कलेजले कक्षा ११ को परीक्षाफलसँगै विद्यार्थी तथा अभिभावकहरूको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गरेको छ।
कलेजले आफ्नै भवनमा परीक्षाफल सार्वजनिक तथा निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गरेको थियो । सो कार्यक्रममा बुढासुब्बा डेन्टलका डेन्टल सर्जन, विजयपुर हस्पिटलका चिकित्सक तथा खान चस्मा सेन्टर एण्ड दृष्टि नेत्रालयका प्राविधिकहरूको उपस्थिति रहेको थियो ।
कलेजका निर्देशक अनिल श्रेष्ठ अनुसार आफ्ना सन्तानको स्वास्थ्य प्रति अभिभावकको चिन्ता रहन्छ तर अभिभावकले आफ्नै स्वास्थ्यको बारेमा ध्यान दिन नपाइरहेको हुनाले अभिभावकहरू पनि स्वस्थ रहनुहोस् भन्ने हेतुले कलेजले सो कार्यक्रम आयोजना गरेको हो ।
कक्षा १२ को शैक्षिक सत्र पनि चाँडै सुरु हुने हुनाले विद्यार्थीको शारीरिक र मानसिक स्वास्थ्यको बारेमा जाँच गर्न यो कार्यक्रमले सहयोग पुर्‍याएको श्रेष्ठको भनाई रहेको छ । अन्तर्राष्ट्रिय भनेर नाममा मात्र सीमित नभई कामले पनि देखाइरहेको प्राइम भिजन कलेजले विगतका समयमा पनि बिधार्थीहरुको सामाजिक, शैक्षिक र व्यवहारिक विकासको लागि विभिन्न क्रियाकलापहरू गर्दै आइरहेको कलेजका कार्यक्रम संयोजक सङ्गीत सिग्देलले जानकारी दिए ।
शिक्षालाई व्यापार होइन सेवाको रूपमा बुझ्दै आएको र विगत ५ वर्ष देखि विद्यार्थी र अभिभावकको मन जित्न सफल प्राइम भिजन कलेजले सीमित सिटमा भर्ना लिने गरेको र गुणस्तरीय विद्यार्थी उत्पादन गर्ने गरेको कलेजका सिइओ अभिषेक श्रेष्ठले बताए ।
होटेल मेनेजमेन्टको क्षेत्रमा पछिल्लो समय प्राइम भिजन छिटो समयमा लोकप्रिय कलेजको रूपमा परिचित बन्दै गएको छ ।