धरान : प्रदेश नं. १ मा पहिलो र एक मात्र स्कुलको रूपमा अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह आईएसओ प्राप्त गरेको नेशनल एकेडेमीले विद्यार्थीहरूको सांस्कृतिक सम्मेलन गर्ने भएको छ । यसका लागि स्कुलमा विद्यार्थीहरूको फेसन एन्ड मोडलिङ क्लबलाई नियमित स्रोत व्यक्तिको रूपमा काम गरिरहेकी मिस नेपाल आइडल २०१८ विजेता सञ्चारकर्मी मेरना तुम्सा कोर्अडिनेटरको रूपमा रहेकी छिन ।
उनका अनुसार हरेक स्कुलबाट पाँच देखि आठ जनाको सङ्ख्यामा विधार्थीहरुको नेपालको कुनै जातिको मौलिक भेसभुसामा सहभागिता रहन छ । विधार्थीहरुको टिम लिडरले उक्त जातिको संस्कृतिको बारेका छोटो पावरपइन्ट प्रेजेन्टेसन गर्नुपर्ने र उक्त संस्कृति सँग सम्बन्धित एउटा नृत्य समूहले प्रस्तुत गर्नु पर्ने हुन्छ । यसरी उत्कृष्ट छनौट भई प्रथम घोषित भएमा प्रमाण पत्र, ट्रफि सहित रु ५०,००० प्रदान गरिने बताइन । प्रतिस्पर्धामा सहभागी सबैलाई प्रमाण पत्र प्रदान गरिने पनि उनले बताइन । विद्यार्थीहरू सबैले आफूलाई मन परेको सांस्कृतिक पहिरनमा सहभागी हुन सक्ने उनले जानकारी दिएन ।
यसले विद्यार्थीहरूमा नेपालका संस्कार संस्कृति बारे सही ज्ञान हासिल हुने र भावी पुस्तामा संस्कार संस्कृति प्रति सम्मान बढ्ने स्कुलका प्रिन्सिपल श्रीसिसा राईले बताए । यो कार्यक्रम विद्यार्थीहरू बिच सांस्कृतिक ज्ञान आदान प्रदान होस भन्ने हेतुले गर्न लागिएको उनको भनाई छ ।