सुनसरी : नेकपा एमाले सुनसरी जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीलाई पितृ शोक परेको छ।

उनका बुवा ८२ वर्षीय उमानाथ भण्डारीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।  इटहरी-९ फुलबारी टोल नजिक उत्तरबाट दक्षिण तर्फ जादैँ गरेको सिटि सफारीले मंगरबार (आज) साझ ५ः ३० बजे ठक्कर दिएको थियो । 

ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल पुर्याउनासाथ मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब निरिक्षक भिम बहादुर खड्काले जानकारी दिए ।

घरबाट बाहिर सडकको किनारामा हिड्दै गरेका भण्डारीलाई सिटि सफारीले ठक्कर दिएको हो । सफारी चालक इटहरी-५ घर भएका छविलाल सरदार सहित ठक्कर दिन सवारीसाधन प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।