सुनसरी : झापाको शिवसताक्षी नगरपालिका-१० सैनिक चौकमा भएको दुर्घटनामा गरी मृत्यु र घाइतेहरूको पहिचान खुलेको छ। मंगलबार दिउँसो  करिब ४ बजे  पूर्वपश्चिम लोक मार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा १४ च ९१०८ नम्बरको कार आफै अनियन्त्रित भई छेउमा रहेकोको बरको रुखमा ठोक्किएको थियो ।
दुर्घटनामा चालक सप्तरीको लेगडा-५ घर भएका ४४ वर्षीय बलराम यादव र सुनसरीको इटहरी-१० घर भएकी ३० वर्षीय गीता चौधरीको ५ बजे मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । 
दुर्घटनामा परी मोरङको सुन्दरहरैचा नगरपालिका-६ का ४० वर्षीय रिता चौधरीको टाउको, हात र खुट्टामा चोट लागेको छ भने दाहीने हात भाँचिएको छ । सुनसरीको इटहरी-८ घर भएका २७ वर्षीय तेजन चौधरीको टाउको र हातमा चोट लागेको छ।
त्यस्तै धरान-१५ घर भएका ३६ वर्षीय विविसन दास र सोही ठाउँका ३३ वर्षीय राजेश चौधरीको टाउको हात र अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते चार जनाको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई थप उपचारका लागि विएन्डसी अस्पताल बिर्तामोड लगिएको छ ।
jhapa-car-drn-3
jhapa-car-drn-2