झापा : पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा भएको सवारी दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
शिवसताक्षी नगरपालिका वडा नम्बरको सैनिक चोकमा अहिले कहिबेर अघि कार आफै अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । बा १४ च ९१०८ नम्बरको कार दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतक सुनसरी घर भएका भनिए पनि उनीहरूको पहिचान खुल्न सकेको छैन ।
दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन् । घाइतेको उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल पठाइएको छ । दुर्घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।