सुनसरी : सत्तारुढ गठबन्धनको आधिकारिक उम्मेदवार द्वारीकलाल चौधरी विरुद्ध उम्मेदवारी दिएका इटहरी-२ का नेपाली काङ्ग्रेसका वडा सभापति दीपेन्द्र घिमिरेले आफ्नो उम्मेदवारी कायम राखेका छन् ।
निर्वाचन आयोगले उम्मेदवारलाई आज ३ बजे सम्म आफ्नो मनोनयन दर्ता फिर्ता लिने समय सीमा तोकेको थियो । सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ (१) प्रदेश सभा सदस्य पदका लागि उम्मेदवारी दिएका उनले आफ्नो उम्मेदवारी फिर्ता नलिएका हुन् । 
आयोगले आजै उनलाई चुनाव चिन्ह रिक्सा समेत प्रदान गरेको छ । पाँच दलीय गठबन्धन गर्दा यो क्षेत्र नेकपा माओवादी केन्द्रको भागमा परेको थियो । 
माओवादीबाट एक हप्ता अगाडी मात्रै एमाले छाडेर गएका इटहरी उपमहानगर निवर्तमान द्वारीकलाल चौधरीलाई उठाउने निर्णय गरेको थियो । घिमिरेले काङ्ग्रेसको राम्रो पकड एरियामा जनमत नभएको पार्टीलाई टिकट दिएको स्वतन्त्र उठ्ने घोषणा गरेका थिए । 
उनीसगैं उम्मेदवारी दिएका काङ्ग्रेसका नेता बद्री नारायण चौधरी र अनिता बस्नेतले भने मनोनयन दर्ता फिर्ता लिएका छन् ।