इटहरी : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले युगान्तकारी परिवर्तन गरे पनि जनताले सुशासनको अनुभव गर्न नपाएको बताएका छन् । 

मोरङको विराटनगरमा आयोजित गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले जनताको पक्षमा निर्णायक काम गर्ने बेला भएको बताए । आफूहरूले काम नगरेको कारण गणतन्त्र र सङ्घीयताको विरुद्धमा अभियान चलेको उनले स्वीकार गरे । 
अब सामाजिक न्याय र आर्थिक समृद्धिमा ध्यान दिनुपर्ने बेला भएको उनले प्रस्ट परे । गठबन्धन दलका कार्यकर्तालाई आश्वस्त पार्दै उनले भने "तपाईँहरू सबै नेता हो । यो निर्वाचन भनेको परिवर्तनको निम्तिको निर्णायक आन्दोलन हो । संविधान र लोकतन्त्रका खातिर एक हुने यो वृहत् आन्दोलनको पक्षमा सबै जना लाग्नुस् । सबैलाई अवसर आउँछ।"