सुनसरी : सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा तर्फ नेकपा एमाले उम्मेदवार भगवती चौधरीले अग्रता कायम राखेकी छिन् । 
उनले ३ हजार ९२ मत पाएकी छिन् भने उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले २ हजार ६७९ मत ल्याएका छन् । 
यस्तै नेपाली काङ्ग्रेसका विजय कुमार गच्छदार १ हजार ८८५ मत ल्याउँदै तेस्रो अवस्थामा छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुलदिप चौधरीले ६९० र हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेका यज्ञ बहादुर कटवालले ५१९ मत पाएका छन् । ३२ वडा मध्ये इटहरी वडा नम्बर ६,७ र ८ को  सम्पूर्ण मत र वडा नम्बर ९ को एक हजार मत गणना सम्पन्न हुँदा यस्तो परिणाम आएको हो । अहिले पनि मत गणना भइरहेको आयोगले जानकारी दिएको छ ।