इटहरी : मोरङको क्षेत्र नम्बर ६ प्रदेश (१) बाट माओवादी केन्द्रका उम्मेदवार जीवन आचार्य विजयी भएका छन् । नेकपा एमालेकी उम्मेदवार रिता न्यौपानेलाई १ हजार ८ सय ८२ मतले पराजित गर्दै आचार्यले प्रदेशसभा प्रवेश पाउने भएका छन् ।
बिहीबार बिहान सम्पन्न मतगणनामा प्रचण्डका ज्वाइँ समेत रहेका आचार्यले १९ हजार ४५४ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी न्यौपानेले १७ हजार ५७२ मत पाएकी छिन् । २०७४ सालको निर्वाचनमा आचार्य काँग्रेसका चुमन सरदारसँग पराजित भएका थिए । एमाले माओवादी गठबन्धन हुँदा पराजित भएका आचार्यलाई काँग्रेस सँगको गठबन्धन फापेको छ । काँग्रेसकै सहयोगमा आचार्यले एमाले उम्मेदवारलाई पराजित गरेर प्रदेश सांसदको यात्रा तय गरेका हुन् ।