धरान : सुनसरी क्षेत्र नम्बर १ मा लोकतान्त्रिक वाम गठबन्धनका माओवादी उम्मेदवार मुक्साहाङ मेन्याङ्वोको अग्रतालाई ब्रेक लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी गोमा तामाङले अग्रता लिएकी छिन् ।
२४ हजार ५ सय १२ मतगणनाको मत परिणाम आउँदा गोमाले ४ हजार ६ सय ५० पाएकी छिन भने लोकतान्त्रिक बामगठबन्धका  मुक्साहाङले ४ हजार १ सय ८३ मत प्राप्त गरी तेस्रो स्थानमा झरेका छन् ।
एमाले जसपाका संयुक्त उम्मेदवार अशोक राईले ४ हजार २ सय ३६ पाएर दोस्रो स्थानमा यथावत् छन् । यता एमालेका विद्रोही उम्मेदवारको रूपमा चिनिएका मनोज कुमार मेन्याङ्वोले ३ हजार ४ सय २६ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोक राई (अविरल) ले २ हजार ६ सय १३ मत पाएका छन् । अर्का स्वतन्त्र उम्मेदवार मातृका भट्टराईले १ हजार ३ सय ८१ मत प्राप्त गरेका छन्। 
१८२२ मत बदर भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।