• रश्मि प्रधान 
धरान : सुनसरी क्षेत्र नं १ को प्रदेश सभा (क) तर्फ एमाले-जसपा गठबन्धनका उम्मेदवार रमेश बस्नेतले अग्रता लिएका छन् ।
प्रदेश सभा 'क'तर्फको १५ हजार २ सय ८१ मतगणना हुँदा बस्नेतले ६०९ मतले अग्रता लिएका छन् । बस्नेतले ४ हजार ८ सय ९४ मत प्राप्त गरेका छन् भने उनलाई लोकतान्त्रिक बाम गठबन्धनका उमेश थापाले पछ्याइ रहेका छन् । थापाले ४ हजार २ सय ८५ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव श्रेष्ठले ३ हजार २ सय ५६ मत पाएर तेस्रो स्थानमा छन् ।
सङ्घीय लिम्बुवान पार्टीको चुनाव चिन्ह दाप सहितको खुकुरीले २ सय ६१ प्राप्त गरेको छ भने हामी नेपाली पार्टीको लौरो चुनाव चिन्हले ४ सय २० प्राप्त गरेको छ ।