सुनसरी : सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ मा रोकिएको मतगणना सुचारु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।
नेपाली काङ्ग्रेसले पुनः मत गणना गर्न माग गरेपनि आयोगले उक्त मागलाई बदर गरी निरन्तर गणना गर्न निर्देशन दिएको हो । 
निर्वाचन क्षेत्र नम्बर ४ का सहायक निर्वाचन अधिकृत मोहन बहादुर अधिकारीका अनुसार सर्वदलीय बैठक बसेर आज राती वा भोलि बिहानबाट बाँकी रहेको मत गणना सुरु गर्ने जानकारी दिए ।
सम्बन्धित पक्षले हेर्न चाहे सिसिटिभी फुटेज समेत देखाउन आयोगले निर्देशन दिएको छ ।
election-commission-press-r