धरान : आज देखि सञ्चालन हुने हिसान बास्केटबलमा पुरुष तर्फ ११ र महिला तर्फ ६ टिमले सहभागिता जनाउने भएका छन्। 
प्रतियोगिता धरान-१२ स्थित धरान मेघा हिमालयन कलेजको बास्केटबल कोर्टमा हुने हिसान सुनसरीले जानकारी दिएको छ । 
आयोजक हिसान सुनसरीले जानकारी अनुसार प्रतियोगितामा सुनसरीभरिका ०७८ र ०७९ सालका प्लस टु रेगुलर विद्यार्थीहरूले मात्र आफ्नो विद्यालयको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ । प्रतियोगितामा सहभागी विद्यालयहरूमा धरान मेघा हिमालयन महिला पुरुष टिम, लोटस, एम्स एकेडेमी, सियोन स्कुल महिला पुरुष टिम, विष्णु मेमोरियल महिला पुरुष, जेनिथ महिला पुरुष, धरान आदर्श महिला पुरुष, धरान उच्च महिला पुरुष, विश्व आदर्श इटहरी, सुष्मा मावि इटहरी, पूर्वाञ्चल मावि तरहरा रहेको हिसान सुनसरीले जानकारी दिएको छ । 
हिसान स्पोर्टस मिट २०७९ अन्तर्गत बास्केटबल प्रतियोगिता हुन लागेका हुन । प्रतियोगिताको सम्पूर्ण खेल धरान मेघा हिमालयन कलेजको बास्केटबल कोर्टमा हुनेछ । स्पोर्टस मिट अन्तर्गत चेस र वक्तृत्वकला सकिएको छ भने बास्केटबल, भलिबल, क्रिकेट, टेवलटेनिस, ब्याडमिन्टन, फुटबल, नृत्य, क्विज कन्टेस्ट र कविता वाचन प्रतियोगिता हुन भने वाकि छ । बास्केटबल प्रतियोगिता देखि २४ गते सम्म सम्पन्न हुनेछ ।