चतरा : वराहक्षेत्र नगरपालिका वडा नं.६ स्थित चक्रघट्टि जेसीजले आफ्नो कार्यालय भवनको शिलान्यास गरेको छ। शुक्रवार वराहक्षेत्र नगरपालिका नगर प्रमुख तथा चक्रघट्टि जेसीज का २०१५ का अध्यक्ष रमेश कार्कीको हातबाट भवनको शिलान्यास गरिएको चक्रघट्टि जेसीज २०२२ का अध्यक्ष दिवस विष्टले बताए । 
अध्यक्ष विष्टका अनुसार चक्रघट्टि जेसीजले वराहक्षेत्र ६ मा खरिद गरेको जमिनमा भवन निर्माण हुनेछ। हालसम्म भवन निर्माणका लागि वराहक्षेत्र नगरपालिकाले ७ लाख सहयोग गरेको र अन्य दाताहरुहरुको सहयोगबाट भवन निर्माणले पूर्णता गरिनेछ ।
वराहक्षेत्र नगरपालिका सामाजिक रूपमा सक्रिय चक्रघट्टि जेसीज सन २०१३ सालमा स्थापना भएको थियो । युवाहरूको व्यक्तित्व , सामाजिक विकास र विभिन्न सामाजिक क्रियाकलापहरूमा चक्रघट्टि जेसीजले काम गर्दै आइरहेको छ।
शुक्रवार भएको भवन शिलान्यास कार्यक्रममा चक्रघट्टि जेसिजका संस्थापक अध्यक्ष निश्चल बस्नेत, पुर्वध्यक्ष दिनेश पोखरेल, कमलनाथ दाहाल, देवकुमार चौधरी, मञ्जु आचार्य, सन्तोष चौलागाई, तीर्थराज भट्टराई लगाएको कार्य समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
chakarghatti-bhawan