धरान : हिसान सुनसरीको आयोजनामा आयोजित हिसान बास्केटबलमा धरान मेघा हिमालयन कलेजका महिला पुरुष दुवै टिम फाइनलमा प्रवेश गरेका छन् ।
मेघा सँगै पुरुष तर्फ एम्स एकेडेमी र महिला तर्फ धरान उच्च मावि फाइनलमा प्रवेश गरेका हुन । शुक्रवार भएको सेमिफाइनल खेलमा पुरुष तर्फ धरान मेघाले लोटस स्कुललाई ३६-१८ र एम्स एकेडेमीले धरान आदर्शलाई ३८-३२ अङ्कको अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका थिए। यसैगरी महिला तर्फ धरान मेघाले जेनिथ होलिल्याण्डलाई १२-६ र धरान उच्चले सियोन स्कुललाई २८-१० अङ्कको अन्तरले पराजित गर्दै फाइनल यात्रा गरेका हुन ।
सोही दिन भएको क्वाटर फाइनलमा पुरुष तर्फ एम्सले विष्णु मेमोरियललाई ४२-३०, महिला तर्फ धरान उच्चले विष्णुलाई नै ९-५ र मेघा कलेजले धरान आदर्शलाई १८-५ अङ्कको अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए । शुक्रवार भएको खेलमा महिला तर्फ धरान मेघा कलेजका सम्झना राईले क्वाटर फाइनल र सेमिफाइनल खेलमा, धरान उच्चका सन्ध्या राई, इक्सा लावती म्यान अफ द म्याच घोषित भए । 
पुरुष तर्फको खेलमा एम्स एकेडेमीका सिमोन राई र सितम लिम्बु र धरान मेघा कलेजका योगेश राई म्यान अफ द म्याच घोषित भए । उनीहरूलाई हिसान बास्केटबलका संयोजक अर्जुन घिमिरे, हिसान स्पोर्टस मिटका संयोजक हेमन्त भण्डारी र धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्बुले मेडल प्रदान गरेका थिए
फाइनल खेल शनिवार बिहान ७ वजे महिला तर्फ धरान मेघा र धरान उच्च मावि र साढे ८ वजे पुरुष तर्फ धरान मेघा र एम्स एकेडेमी बिच फाइनल खेल हुनेछ । धरान बास्केटबल सङ्घको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगिताको सम्पूर्ण खेल धरान मेघा हिमालयन कलेजको बास्केटबल कोर्टमा भइरहेको छ ।