धरान : हराइजन बास्केटबल क्लबको अध्यक्षमा श्रीभक्त राई सर्वसम्मत चयन भएका छन् । शनिवार भएको क्लबको अधिवेशनलाई राईलाई सर्वसम्मत निर्वाचित गरेको हो । हराइजन नेपालकै बास्केटबल खेलमा काठमान्डु उपत्यका बाहिर राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने पहिलो क्लब हो । 
क्लबको शनिवार सम्पन्न तेस्रो अधिवेशनले राईको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा पुष्पा राई र पञ्चकला राई, सचिवमा सूर्यकुमार सुनुवार, सहसचिवमा विशाल राई, कोषाध्यक्षमा सुबिक्षा राई चयन भएका छन् । सदस्यहरूमा रिमला राई, रबिन राई, तीर्थ विश्वकर्मा, युवराज राई र रोशन राई रहेका छन् । 
अधिवेशनमा धरान वडा-१७ का अध्यक्ष मनोज भट्टराईको प्रमुख अतिथि थिए । उनले धरानमा हराईजन क्लब र बास्केटबल खेल पर्यायवाची शब्द जस्तो भइसकेको बताए । क्लबका संस्थापक नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकरिषि राईले हराईजन क्लब २०६९ सालमा स्थापना देखी नै राष्ट्रिय स्तरको बास्केटबल प्रतियोगिता, सामाजिक गतिविधिहरू गर्दै आएको बताए ।
क्लबका सल्लाहकारद्वय मच्छिन्द्र राई र चन्द्र बहादुर मगरले पनि क्लबको गतिविधि प्रशंसा योग्य रहेको बताउँदै शुभकामना प्रकट गरेका थिए । धरान-१७ स्थित घोपा माविका अग्रज शिक्षक सुनिल यादव पाँच सदस्य निर्वाचन समितिका प्रमुख आयुक्त थिए । अधिवेशन सञ्चालन तथा सहजीकरण क्लबका सचिव सूर्य कुमार सुनुवारले गरेका थिए ।
horaijan-new-team-elected