धरान : धनकुटा महोत्सवमा भागदौडमा परि घाइते भएका मध्ये १२ जनालाई धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ ।अर्का एक गम्भीर घाइते भएका बालकलाई विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।
१२ जना घाइतेलाई इमर्जेन्सी कक्षमा राखेर उपचार थालिएको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको समेत प्रहरीले बताएको छ।
एक बालकको अवस्था गम्भीर देखिएपछि विराटनगर पठाइएको हो । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बुद्ध श्रेष्ठका अनुसार केही थप घाइतेलाई उपचारका ल्याउँदै गरिएको बताए। 
धनकुटामा गत माघ ६ गतेबाट चलेको महोत्सवमा आज साँझ गायक प्रमोद खरेलको साङ्गीतिक कार्यक्रम राखिएको थियो । उक्त सो हेर्न पुगेका दर्शकको भिड नियन्त्रण भन्दा बाहिर गएपछि भागदौड मच्चिएको थियो । 
भागदौडमा परि २४ जना घाइते भएका छन् । ती मध्ये १७ जनालाई बिपी प्रतिष्ठान ल्याइएको छ । बाँकीको जिल्ला अस्पतालमा उपचार भैईरहेको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ। अप्रिय घटना घटेपछि महोत्सव पनि स्थगित भएको छ।