सुनसरी : बुढासुब्बा गोल्डकप फुटबल अन्तर्गत आज मंगलबार हुने तेस्रो क्वाटरफाइनल खेलमा एन्फा मोरङ र बङ्गलादेशको केबिपीएस क्लब बिच खेल हुदैछ । 
खेल धरान रङ्गशालामा दिउसो ३ बजे सुरु हुनेछ । आजको खेलमा मोरङ पाहुना टोली बङ्गलादेशलाई रोक्दै अन्तिम चारमा पुग्ने दाउमा हुनेछ । बङ्गलादेश पनि मोरङलाई हराउँदै सेमिफाइनल प्रवेश गर्ने दाउमा हुनेछ । 
आजको विजेताले अगामी बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा एभिनियर फुटबल क्लब क्यामरुनसँग प्रतिस्पर्धा गर्नेछ । एभिनियर बागमती युवा क्लब सर्लाहीलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरिसकेको छ । 
विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउने छन्  ।  गोल्डकपको फाइनल खेल आगामी शनिवार हुनेछ ।