झापा : प्रथम भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । 
भद्रपुर स्थित मेची रङ्गशालामा आज भएको फाइनल खेलमा मच्छिन्द्र फुटबल क्लब लाई टाईब्रेकरमा पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । निर्धारित नब्बे मिनेटको खेल बराबरीमा सकिएपछि खेल अतिरिक्त समय तर्फ धकेलिएको थियो ।
अतिरिक्त समयमा पनि दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय अन्ततः टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकरमा मच्छीन्द्रका राेजिन धिमाल र देवेन्द्र तामाङको प्रहार आर्मीका गोल रक्षकले बचाए पछि आर्मीले उपाधि चुमेको हो ।
खेलमा आर्मीका सेसेहाङ आङदेम्बेको प्रहार मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले पनि बचाएका थिए । गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
भद्रपुर स्थित मेची रङ्गशालामा गत फागुन ७ गते देखी सुरु भएको प्रतियोगितामा नेपाल, भारत, भुटान र बङ्गलादेश गरी १० वटा ‘ए’ डिभिजन क्लबको सहभागिता रहेको थियो ।
Bhadrapur-Goldcup-Army-winn
Bhadrapur-Goldcup-trophy