• रश्मि प्रधान

धरान : सशस्त्र प्रहरीको टोलीले ठुलो परिणाममा लागूऔषध सहित धरान-१६ सुनौलो बस्तीका १८ वर्षीय राजेश परियारलाई पक्राउ गरेको छ । 

परियारको साथबाट स्पास्पिन ७ सय २३ ट्याब्लेट, ट्रमाडोल ७ सय १८, ट्याब्लेट, गाँजा ५० ग्राम र  घरेलु हतियार समेत बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प धरानका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालले बताए ।   

परियारलाई बुधवार राती उनैको घरबाट लागुऔषध सहित पक्राउ गरिएको हो ।

रिजालका अनुसार धरान लागूऔषध कारोबारको अखडा बनेपछि सशस्त्र प्रहरीले कारोबारमा संलग्नलाई पक्राउ गर्न विशेष टोली परिचालन गरिएको छ । सोही टोलीले परियारलाई पक्राउ गरेको हो ।

पक्राउ परेका परियारलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको छ ।

Rajesh-laghuausad-2