धरान : फेसबुक ग्रुपबाट जोडिएका युवाहरूले धरानमा यात्रा धरान ग्रुप फ कम्पनी (प्रा.) ली. स्थापना गरेका छन् ।

धरान-११ मा कार्यालय रहेको कम्पनीले शुक्रवार शुभकामना कार्यक्रमका बिच व्यवसायीक गतिविधि बारे जानकारी दिएको हो । कम्पनी २०७९ जेठ देखी सुरु गरिएको बताइएको छ ।

प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र विक्रम बेघाले ग्रुप, सहकारी र समूहहरूले  सञ्चालन गरेका सस्थाहरुको व्यवस्थापन कमजोरीका कारण गम्भीर सङ्कटमा फसेको बताउँदै भने ‘लगानी गर्दा योजनाको इमान्दारीता पूर्वक गम्भीर रूपमा मूल्याङ्कन, अध्ययन, विश्लेषण हुनुपर्दछ ।'

कार्यक्रमको सभापतित्व गरेकी कम्पनी शेयर सदस्य कमला राईले बराहले जस्तो जथाभाबी कार्य गर्न नहुने बताइन् । कार्यक्रममा कम्पनीका सचिव सुमन भुजेल, एकाउन्टेन्ट अस्मि शाक्य, बजार व्यवस्थापक अपित उदास, कर्मचारी आस्था तामाङलाई सम्मान गरिएको थियो ।

कम्पनीले रियल स्टेट, हाउजिङ क्षेत्र सम्बन्धी लगानीका सबै कार्यहरू गर्ने बताइएको छ । साथै अन्य कम्पनीको शेयर, सरकारी डिवेञ्चरमा लगानी पनि गर्नेछ । पर्यटकहरूलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय हवाई यात्राको ई-टिकेटिङ सेवा पनि कम्पनीले सञ्चालन गरेको छ । कम्पनीका सिईयो आधी लामा रहेको बताइएको छ ।