धरान : मालपोत र नापीका धरान स्थित तत्कालीन कार्यालय प्रमुखद्वय विरुद्ध कार्यालय सार्नका लागि घुसको रूपमा जग्गा लिएको आरोप लगाउँदै सङ्घीय लिम्बुवान मञ्च, नेपाल सुनसरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी स्थित कार्यालयमा छानबिन गरी कारबाही गर्न उजुरी दिएको छ ।

तत्कालीन मालपोत प्रमुख भीम गौतम र नापी प्रमुख कृष्णप्रसाद न्यौपानेले धरान-१६ स्थित कृषि विकाश बैङ्कको भवनमा सञ्चालन भइरहेको मालपोत कार्यालय र नापी कार्यालय धरान-६ पानवारीमा सार्नका लागि घुसको रूपमा जग्गा लिएको आरोप लगाइएको हो ।

आयोगलाई आज मङ्गलवार दिएको उजुरी पत्र मञ्चले सामाजिक सञ्जालमा समेत सार्वजनिक गरेको छ । सार्वजनिक भएको उजुरी पत्रमा प्रमाण स्वरूप विभिन्न व्यक्तिहरूले गरिदिएको जग्गाको ८ थान राजिनाम लिखतको प्रतिलिप र कित्ता काट स्रेस्ता प्लट रजिष्टरको प्रतिलिपि १ थान संलग्न रहेको उल्लेख छ । 

निवेदनमा भनिएको छ : मालपोत कार्यालय धरान १६ बाट धरान वडा नं. ६ स्थित पानवारिमा स्थानान्तरण गरी पानवारीमा लैजाने योजना सङ्क्रमण समयमा जन प्रतिनिधि नभएको मौका छोपी २०७३ सालमा तत्कालीन मालपोत प्रमुख भीम गौतम र नापी कार्यालय प्रमुख कृष्ण प्रसाद न्यौपानेले भुमाफियाको मिलेमतोमा धरान र धराने जनताको विरोधका बाबजुद एक, एक कट्ठा जग्गा मालपोत र नापी प्रमुखले नवल सिंग आलेको नाउँमा जग्गा राजीनामा पास गरी आफन्त नातामा जेठी सासुको पति देवेन्द्र प्याकुरेलको नाउँमा तुरुन्तै अधिकृत वारेसनामा गरी राजु गौतम माउन्ट एभरेष्ट लेखा पढीको सञ्चालक लाई मिलेमतोमा बिक्री गरेको देखिन्छ ।’

कृष्ण प्रसाद गौतमको २०२७ सालमा सर्भे नापी हुँदा कि.न. ९०३ को ज.बि. १–५–७.५० धुर जग्गा दर्ता गरी उक्त जग्गा मध्ये मिति २०७४ कार्त्तिक ०५ गतेका दिन रनः ९७७ (क) थैली रु. २९२५००।– (दुई लाख बयानब्बे हजार पाँच सय) राखी जिल्ला नवलपरासी, शिव मन्दिर वाड नं. ५ बस्ने बाबु भीम बहादुर आले बाजे गोपिलालबाट मिति २०७३ फागुन १२ गते सुनसरी जिल्ला अदालतबाट प्रमाणित गरी अ.बा. बाट जिल्ला सुनसरी धरान उपमहानगरपालिका वार्ड नं. ११ बसोबास देखाई बुबा उद्धव गौतम को छोरा टिकाराम गौतमको नाति वर्ष ३८ को खोली ऋणी वर्ष ३३ को खोली लेखी नवल सिंह आलेको अधिकृत वारेसनामा द्वारा वाझगरा  ३ (ग) कि. न. ९०३  बाट राजीनामा पास गरेको प्रमाणमा देखिन्छ । 

सो जग्गा खण्डकृत गरी सो कित्ताको जग्गा कित्ताकाट गरी जिल्ला सुनसरी धरानको मालपोत कार्यालय लाई जिल्ला सुनसरी वाझगरा ३ (ग) कि.न. ८३ को रन. २१४८ (क) मिति २०७३ पुष २४ गते रु. ५०००००।– (पाँच लाख) को थैली राखी दान पत्र भनी लेखतका माथि लिखित धएको जग्गा मध्ये ०-२-० कट्ठा जग्गा दिएको देखिन आएको हुँदा जिल्ला सुनसरी बाझगरा ३.ग. कि.न. ९०१ ससिम जग्गा नवलपरासी वार्ड न. ३ बस्ने भीम ब. आलेको छोरी धन ब. रानाको धर्म पत्नी आलेको वर्ष १९ कि रक्षा राईले जिल्ला सुनसरी इनरुवा ३ बस्ने उद्धव गौतमको छोरा टिका राम गौतमको नाति लाई रनं ११८२ (क) थैली रु.१५००००।– (एक लाख पचास हजार) मा ससिम जग्गा वर्ष ३८ को राजु गौतम लाई राजीनामा पास गरिदिएको देखिन्छ । 

लेखापढी गर्ने व्यक्तिले उक्त जग्गा खरिद गर्न सक्ने हैसियत के छ अथवा छैन ? निजको सम्पत्ति छानबिन समेत गर्न अनुरोध गरिएको छ ।    

धरान मालपोत कार्यालय , एवं धरान नापी शाखा लाई जिल्ला सुनसरी बाझगरा ३ ग. कि. न. ८३ बाट ०–२–० कट्ठा कित्ता काट गरी धरान मालपोत कार्यालयलाई जग्गा बिघा ०-२-० कट्ठा जग्गा दान पत्र रन. २१४७ (क) मिति २०७४ पुस २४ मा ज. वि. ०-२–० कट्ठा जग्गा दिएको देखिन्छ । 

दाताबाट मूल्य नभएको जग्गा मालपोत र नापी लाई दान पत्र दिने चलखेल गरी नापीको तत्कालीन कार्यालय प्रमुख भीम प्रसाद गौतम र कृष्ण प्रसाद न्यौपाने को नाममा नराखी निज कार्यालयको कर्मचारी जिल्ला सि.पा. कालिका वार्ड न २ बस्ने वर्ष ३४ को हरि बहादुर थापा को छोरी अर्जुन बहादुर को धर्म पत्नी रत्न कुमारी थापा मगरको नाममा दर्ता गरी कृष्ण प्रसाद गौतमले षडयन्त्र गरी लुकाई छिपाई नापी प्रमुख धरानको कार्यालय प्रमुख र दाताबाट यस किसिमको क्रियाकलाप गरी र.न. ८३ बाट कित्ताकाट गरी साबिक कित्ता १-५-७.५  बाट रत्न कुमारी थापा मगरलाई मिति २०७३/०९/२४ गते पारित भएको प्रमाणमा देखिन आएको छ । 

सो जग्गाहरू छानबिन गरी लेखापढी गर्नेका नामको जग्गा र कर्मचारीको नाममा भएका जग्गाहरू बदर गरी निजहरूलाई कानुनी कार्यवाही गर्न हार्दिक अनुरोध छ । जसले गर्दा राष्ट्रव्यापी भ्रष्टाचारीहरूको भ्रष्ट विचारमाथि निरुत्साहित गर्न ठुलो योगदान पुग्ने छ ।