धरान : पाँचथरका ३० वर्षिय भानु लावती र मोरङ उर्लाबारी–३ का २७ वर्षिय सनम लिम्बुलाई प्रहरीले आइतबार लागुऔषध सहित पक्राउ गरेको छ ।

पाँचथर तुम्बेबाका लावतीलाई विराटनगर–१५ मा भारतबाट को १९ प ६५९० नम्बरको मोटरसाइकलमा नेपाल आउँदै गरेको बेला चेकजाँच गर्दा लागुऔषध सहित पक्राउ गरिएको हो कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार लागुऔषध नियन्त्रण व्युरोका प्रहरी टोलीले चेकजाँच गर्दा लावतीबाट ६५ मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो ।

यसैगरी विशेष सुचानाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उर्लाबारीका सनम लिम्बुलाई लागुऔषध ट्रमाडोल र स्पास्पेन गरी ३ सय १० क्याप्सुल सहित उनकै घरबाट पक्राउ गरेको हो ।