धरान : बजाज मोटरसाइकलले नयाँ वर्षको अवसरमा ल्याएको उपहार योजना अन्तरगतको 'लक्की ड्र'मा भोजपुरका तीर्थ बहादुर तामाङले १ किलो चाँदी हात पारेका छन् ।

बजाजले नयाँ वर्ष २०८० को अवसरमा फागुन १४ गते देखि जेठ १६ गते सम्म अफर लागू गरेको थियो ।

अफरमा बजाजको मोटरसाइकल खरिद गर्दा १० हजार देखि १ लाख रुपैयाँ सम्म क्यास ब्याक योजना थियो भने प्रत्येक हप्ता लक्की ड्र बाट १ केजी चाँदी पुरस्कार घोषणा गरेको थियो । अफर अन्तर्गत तामाङले तेह्रौँ भाग्यशाली विजेताको रूपमा १ किलो चाँदी  प्राप्त गरेका हुन।

उनले बजाजको धरान स्थित आधिकारिक बिक्रेता अर्बिन एन्ड ब्रदर्श अटोबाट गत चैत्र २८ गते १५० सिसिको पल्सर मोटरसाइकल खरिद गरेका थिए ।

हरेक हप्ता खोलिने लक्की ड्र अन्तरगत जेठ १५ गते उनले एक किलो चाँदी हात पारेका हुन ।

उनलाई आज एक कार्यक्रमको आयोजना गरी धरान स्थित अर्बिन एन्ड ब्रदर्श अटो सोरुम परिसरमा सञ्चालक अर्बिन तामाङले एक किलो चाँदी हस्तान्तरण गरेका छन् ।

तामाङका अनुसार यस वर्षको उपहार योजनामा पूर्वबाट धरान, इलाम, दुहबी, बिराटचोक र पथरीका डिलरबाट मोटरसाइकल खरिद गर्ने भाग्यशाली ग्राहकले एक-एक किलो चाँदी उपहार पाएका छन् ।