सुनसरी : इटहरी जेसीजको आयोजनामा जेसीज सप्ताह-२०२३ अन्तर्गत भएको मैत्रीपूर्ण फुटसल खेलमा नेपाल प्रेस युनियन सुनसरीले  उद्योग वाणिज्य सङ्घ इटहरीलाई ४ का विरुद्ध ६ गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको छ।

बिहीबार इटहरीको पाथीभरा फुटसल खेल मैदानमा भएको खेलमा प्रेस युनियनका राजकुमार श्रेष्ठले खेलको ३ औ मिनेटमा गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।

त्यस्तै खेलको छैटौँ मिनेटमा युनियनकै राजकुमारले प्रहार गरेको बल गोलमा परिणत भएको थियो । उद्योग वाणिज्य सङ्घ इटहरीका खेलाडी सुरेश कार्कीले खेलको ८ औँ मिनेटमा गोल गरेका थिए ।

खेलको ११ औ मिनेटमा युनियनका अर्जुन चौधरीले गोल गर्दै १ का विरुद्ध ३ गोलले अग्रता दिलाएका थिए ।

त्यसैगरी पहिलो हाफको १३ औ मिनेटमा उद्योग वाणिज्य सङ्घका विष्णु डाँगीले प्रहार गरेको सुट गोलमा परिणत भएको थियो ।

पहिलो हाफमा उद्योग वाणिज्य सङ्घलाई २-३ गोल अग्रता लिएको युनियन सुनसरीले दोस्रो हाफको १७ औ मिनेटमा युनियनका सेभित चौधरीले थप एक गोल गरेका थिए ।

त्यस्तै खेलको १९ औँ मिनेटमा वाणिज्य सङ्घका विष्णु डाँगीले अर्को गोल गरेका थिए । उद्योग वाणिज्य सङ्घका खेलाडीहरू खेललाई बराबरी बनाउन कडा मिहिनेतका साथ लागि परे पनि दोस्रो हाफको २१ औँ मिनेट युनियनका राजकुमार श्रेष्ठले थप गोल गरेपछि ३ का विरुद्ध ५ गोलले युनियनले अग्रता लिएको थियो ।

दोस्रो हाफकै २५ औँ मिनेटमा वाणिज्य सङ्घका विष्णु डाँगीले प्रहार गरेको सुट गोलमा परिणत भएको थियो । अत्यन्तै प्रतिस्पर्धात्मक खेल भए पनि उद्योग वाणिज्य सङ्घले गोल फर्काउन नसक्दा प्रेस युनियनका राजकुमार श्रेष्ठले दोस्रो हाफको २७ औ मिनेटमा अर्को  गोल गर्दै प्रेस युनियन सुनसरी ४ का विरुद्ध ६ गोल गर्दै विजय भएको हो ।

युनियनका अध्यक्ष ध्रुव ढकालको कप्तानीमा बाबुराम कार्की, कोविदजंग कार्की, राजकुमार श्रेष्ठ, निसान प्रकृति थारु, धिरेन चौधरी, अर्जुन चौधरी, समिर चौधरी र शोभित चौधरीको टिम रहेको थियो ।

उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीवन पराजुली, विष्णु डाँगी, सुरेश कार्की, ढुण्डिराज गुरागाईँ, दिलीप पराजुली, राकेश श्रेष्ठ, राजीव घिमिरे, अभिषेक बास्तोला र सिनेट रिजाल रहेको टिम मैदानमा उत्रेको थियो ।

मैत्रीपूर्ण फुटसल खेलको उद्घाटन इटहरी वडा नं.६ का अध्यक्ष दिवस पोख्रेलले रेफ्रिलाई बल दिएर खेल सुरु गरिएको थियो ।

इटहरी जेसीजले सप्ताहव्यापी कार्यक्रम असार ९ गते देखि दैनिक रूपमा कार्यक्रम गर्दै मनाइरहेको अध्यक्ष योगेन्द्र पौडेल बताए ।

union-footsal