विराटनगर : विराटनगर-१४ मा अवस्थित एस्पायर कलेजमा गुरु पूर्णिमाको अवसरमा गुरु सम्मान कार्यक्रम आयोजना गरिएको छ । विद्यार्थीहरूको तर्फबाट आयोजना गरिएको कार्यक्रममा कलेजमा अध्यापनरत गुरुहरूलाई उपहार सहित सम्मान गरेका हुन् ।

कार्यक्रममा नृत्य, गायन, कविता वाचन सहितको कार्यक्रम आयोजना गरेर विद्यार्थीहरूले गुरु पूर्णिमा मनाएका हुन् ।

कार्यक्रममा गुरुको महिमा बारेमा विद्यार्थीहरूले तयार पारेको प्रवचन समेत प्रस्तुत गरिएको थियो भने गुरु वन्दना समेत वाचन गरिएको थियो। विद्यार्थीहरूले शिक्षकहरूलाई पुष्प गुच्छा र खादा तथा उपहारद्वारा सम्मानित गरेका थिए ।

विद्यार्थीहरूले गरेको कार्यक्रम उत्कृष्ट रहेको विचार व्यक्त गर्दै कलेजका प्रमुख चिन्तामणि बस्नेतले विगत २ दशक देखि प्राध्यापन पेसामा रहे पनि यसरी सम्मानित हुने अवसर पहिलो पटक प्राप्त गरेको र यसले आफूलाई भावुक बनाएको बताउँदै विद्यार्थी र शिक्षकको सम्बन्ध माथि चर्चा गर्नु भएको थियो।

कलेजका आइटीको अर्डिनेटर खेमनाथ खतिवडाले विद्यार्थी र शिक्षक बिचको सम्बन्धमा आधारित कविता वाचन गर्नु भएको थियो । आइटि संकायका सक्षम सुवेदी र सन्तोष नेम्बाङले कविता वाचन गरेका थिए भने, प्रनिशा, कृतिग्या, रिबो र स्वेताले नृत्य प्रस्तुत गरेका थिए ।

त्यस्तै होटेल म्यानेजमेन्ट संकायका मिराद्वारा नृत्य र सुगन्ध लगायतको टिमद्वारा गायन प्रस्तुत गरिएको थियो । कार्यक्रमको संचालक बिनम पौडेल रहेका थिए सुशान्त नेपालले उपस्थित सबैलाई स्वागत गरेका थिए भने गौरव दाहालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

guru purnima 2guru purnima 3 1